काठमाडौ :नेपाल केन्द्रिय जडिबुटी सहकारी संघ लि. को तेह्रौं वार्षिक साधारण सभा स्म्पन्न भएको छ। सभाबाट संघ को चौथो कार्यकाल को लागि श्री ईश्वरी प्रसाद पाण्डेको अध्यक्षतामा १५ सदस्यीय संन्चालक समिति र श्री बालकृष्ण आचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति आगामी ४ बर्ष को लागी निर्विरोध निर्वाचित भएको छ ।
सभामा २०५८ साल पौष १८ गते बिधिवत रुपमा दर्ता गरि अहिलेको अवस्था सम्म ल्याइ पुर्याउनको लागि योगदान दिदै आउनु भएका तात्कालिन माननीय श्री चित्र बहादुर श्रेष्ठको योगदानको प्रशंसा गरिएको थियो।
संघका प्रथम अध्यक्ष श्री भक्त बहादुर शाह सहित १७ सदसिय सस्थापक समितीले सघ दर्ता गरेपछि ११ सदस्य सन्चालक र ३ सदस्यको लेखा सुपरिवेक्षण समिती सहित कार्यक्रम सन्चालन गर्न थालिएको थियो।
त्यस समय देखि सघले बिबिध कार्यक्रम योजना निर्माण गरि उत्पादन मार्फत स्मृद्धी र समाजको अग्रणी रुपान्तरण गर्न बनाएको सोच अहिले पनि उतिकै सान्दर्भिक भएको अध्यक्ष पाण्डेले बताउनु भयो।
आयोजित १३औ साधारणसभामा अध्यक्ष इश्वरी प्रसाद पाण्डेले २०८१/८२ को बार्षिक नीति ,कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको थियो।
निर्वाचित सम्पुर्ण पदाधिकारी लगायत सदस्यहरुलाई सफल कार्यकाल को लागि हार्दिक बधाई तथा शुभकामना छ।


0 comment