बाली सकलन
► जडीबुटी तथा सुगन्धित तेलयुक्त वनस्पतिका लागी बाछिंत उच्चतम गुणस्तर हासिल गर्न बाली संकलन गर्ने उचित समयको निर्धारण गरिनुपर्दछ ।
► नगरी नहुने अवस्था बाहेक बाली संकलनको कार्य सुख्खा मौसममा गर्नु पर्दछ । झरी शित माटोमा धेरै चिस्यान भएको र उच्च सापेक्षित आर्दताको अवस्थामा गर्नु हुदैन । बाली संकलन गर्दा झरी बादल वा मौसमलाई परिर्वतन भै पानी परेमा यसलाई सुकाउने ढुसी आदि परी नोक्सानी गर्ने अवस्थालाई टार्ने विशेष ध्यान पुयाउनु पर्दछ ।
► बाली संकलन र कटानमा प्रयोग हुने औजारहरु विषाणुमुक्त र कोर्न कोतर्ने खालका हुनुहुदैन ।बाली संकलन कटान गर्ने काठबाट बनेका औजारहरु कार्यमा प्रयोग गर्नुहुदैन किनकि यिनीहरुलाई सजिलै र पुरै ढंगले सफा गर्न सकिदैन ।
► बाली संकलन गर्न सुविधा भएको ठाउँमा घर पालुवा जनावरहरु ,चराचुरुङगी, मुसा ,लोखर्के, र कीराहरुको पहुँच हुनुहुदैन ।
► बाली संकलनको समयमा संकलित जडिबुटी तथा सुगन्धित तेलयुक्त्त वनस्पतिहरुमा कुनै बाह्य पदार्थ र बाहिरी बस्तु जस्तै माटो, झारपात, घुरान, मुरान, जस्ता अवान्छित बस्तुहरु रहन नपाओस् भन्नका लागी प्रशस्त सावधानी र होसियारी अपनाउनु पर्दछ ।
(२) सुकाउने कार्य (काम)
► जडीबुटी तथा सुगन्धित तेलयुक्क्त वनस्पतिहरुको उत्पादनलाई बाली संकलन पश्चात यथासम्भव छिटै सुकाउने कुरामा सचेत हुनुपर्दछ ।
► जडीबुटी तथा सुगन्धित तेलयुक्त वनस्पतिलाई सुकाउँदा जमिनबाट केही उच्च हुने गरी सुकाउनु पर्दछ ।
► एकनासले सुकोस र चारैति हावा लागोस् भन्नका लागी जडीबुटी तथा सुगन्धित तेलयुक्क्त वनस्पतिलाई पातलो गरि सुकाउनुपर्दछ ।
► जडीबुटी तथा सुगन्धित तेलयुक्क्त वनस्पतिहरुमा प्रशस्त हावा खेल्ने हुनुपर्दछ ।
► एकअर्कोमा जीवाणुहरुको संसर्ग नहोस् भन्नका लागी विभिन्न प्रजातिका जडीबुटीहरु तथा सुगन्धित तेलयुक्त वनस्पतिहरुलाई छुटा छुटै सुकाउनु पर्दछ ।
► सुकाउन राखिएका र सुकाइएका जडीबुटी तथा सुगन्धित तेलयुक्क्त वनस्पतिका उत्पादहरुलाई कीरा, फट्याङगा्र,धुलो, घरपालुवा जनावर, चराचुरुङगी,मुसा , लोखर्के , आदिबाट सुरक्षित राख्नुपर्दछ ।
► सुकाउन राखिएका र सुकाइएका जडिबुटी तथा सुगन्धित तेलयुक्क्त वनस्पतिका उत्पादनहरुलाई झरी बादलबाट सुरक्षित राख्नुपर्दछ ।
► जडीबुटी तथा सुगन्धित तेलयुक्क्त वनस्पतिहरुलाई ठीक तापक्रम र निश्चित अवधिसम्म सुकाउनुपर्दछ ।
► जडीबुटी तथा सुगन्धित तेलयुक्क्त वनस्पतिहरुका उत्पादनलाई सिधै घाम पारेर सुकाउनु हुदैन ।
► जडीबुटी तथा सुगन्धित तेलयुक्क्त वनस्पतिहरुका उत्पादनलाई चिसै अवस्थामा मचथभच घामको तापमाटीन वा फलामले बनेका सुकाउने दराज र बाकसमा सुकाउनु हुदैन ।
► पातहरुलाई सुकाउदा तिनीहरुलाई कमसे कम चलाउनुपर्दछ । जडीबुटी तथा सुगन्धित तेलयुक्क्त वनस्पतिका हरिया पातहरु
सिधै घाममा सुकाउदा हरियोपना हराएर जाने हुनाले छाँयामा पारेर सुकाउनु पर्दछ ।
► काण्ड तथा डाँठहरुलाई तिनीहरु पिटिक्कै भाँचिने अवस्थासम्मै सुकाउनुपर्दछ । तिनीहरुलाई सजिलै दोब्र्याउन सकिने भए अझै सुकाउनु पर्दछ भन्ने बुझनु पर्दछ ।
► फूलहरु संकलन गर्ने बितिकै सुकाई हाल्नु पर्दछ ,किनकि तिनीहरुमा सुक्ष्म प्रकारका गुणहरु लुकेका हुन्छन र तरोजना अवस्थामा नै ठीक ढंगले सुरक्षित गरिहाल्नु पर्दछ । तिनीहरुलाई सिधै घाममा सुकाउनु हुदैन । धेरै सुक्न गएमा झर्याम झुरुम हुने गर्दछ ।
► चारैतिर राम्ररी सुकोस भन्नाका लागी ठुलो आकारका फललाई तिनीहरुको आकारप्रकार हेरी साना–साना टुक्रा या चाना बनाउनुपर्दछ । तिनीहरु किरामा आकर्षित हुने , धुलो वा पराकणमा टाँसिने सक्ने हुदाँ रस निस्केर च्यापच्याप लाग्ने खालका फलहरुलाई कपडाले छोप्नु पर्दछ । बढार्ने निफन्ने आदि कार्यले धुलो नपरोस् भन्ने कुरामा उचित ध्यान दिनुपर्दछ ।
► वाष्पीकरण भै जान सक्ने सुगन्धित तेलयुक्क्त अवस्थाका बाहेक धेरैजसो बोक्रा र जरा सिधै घाममा सुकाउन सकिन्छ । यदि बोक्रावा जराहरु धेरै बाक्ला या मोटा भएमा सुकाउँदा तिनीहरुलाई साना साना टुक्रा चाना पार्नु पर्दछ ।
(३) प्रशोधन
जडीबुटी तथा सुगन्धित तेलयुक्क्त वनस्पतिहरुमा पाइने सक्रिय रासायनिक तत्वहरु के के हुन् र यीनीहरुलाई कसरी छुटयाउने भन्ने बारेमा पूर्व जानकारीको आवश्यकता पर्दछ । यस प्रकारको जानकारी भएमा खेती विस्तारको साथै प्रशोधन संयन्त्र को व्यवस्था गरी त्यसबाट मूल्य वृद्धि हुन गई राम्रो फाईदा लिन सकिन्छ ।
► प्रारम्भिक चरणको प्रशोधन स्थलको छनोट गर्दा यो स्थल सफा गरिएको र नजिकै पानीको स्रोत उपलब्ध छ छैन भन्ने कुराको ख्याल राख्नु पर्दछ ।
► सिधा पर्ने घाम र झरी बादलबाट जोगाउन काम गर्ने ठाउँमा छानाको व्यवस्था भएको हुनु पर्दछ ।
► प्रशोधन कार्य गर्दा त्यो ठाउँमा बाली संकलन गर्ने स्थल नजिकै व्यवस्थापन गर्ने तर्फ सचेत हुनु पर्दछ ।
► जनावर ,चराचुरुङगी ,मुसा , लोर्खेके किराहरुको सहज प्रवेश हुन नदिनका लागी राम्रो छेकवार गर्ने कुरामा ध्यान दिनुपर्दछ ।
(४) भण्डारण
► भण्डारण गर्ने कोठाहरु राम्रोसगँ सफा गरिएको हावा खेल्ने हुनाको साथै कहिल्यै जनावरहरु पाल्ने थुन्ने वा अन्य कुनै प्रकारको उपयोग नगरिएको हुनुपर्दछ ।
► बोरा थैलाहरुलाई भुइँभन्दा अलि या माथि उठेको ठाउँमा राख्नुपर्दछ ।
► बोरा थैलाहरुलाई आवश्यक सुचना र निर्देशन लेखिएको हुनुपर्दछ ।
► बोरा थैलाहरुलाई भित्तामा टाँसेर राख्न हुदैन ।
► विभिन्न प्रजातिहरुलाई छुटाछुटै राख्नुपर्दछ ।
► जडीबुटी तथा सुगन्धित तेलयुक्क्त वनस्पतिहरुमा उत्पादनलाई फोहोर तथा चिसो या ओसिलो कोठामा भण्डारण गर्नु हुदैन।
► धेरै चिसो बिग्रन सक्ने हुनाले बोराहरुलाई धेरै अग्लो बनाई खात लगाउनु हुदैन र खप्ट्याएर राख्न हुदैन ।
► भण्डारण थर्ने कोठा जनावरहरु ,चराचुरुङगीहरु , मुसा, लोखर्केहरु र कीरा फटयाङग्राहरुबाट पूर्ण सुरक्षित हुनुपर्दछ । (यसमा साधारण जाली लगाएर ,धराप थापेर या कुखुराको जाली राखेर सुरक्षित गर्ने सकिन्छ ।
► जडीबुटी तथा सुगन्धित तेलयुक्क्त वनस्पतिका उत्पादनलाई लामो समय भण्डारण गर्नु परेमा त्यस ठाउँको भौतिक अवस्था ओसिलो या चिसो भएको ढुसी आदि लागेको ,बिग्रन लागेको या क्षति भएको को अनुगमन गरिरहनुपर्दछ ।
► भण्डारणका लागी राखिने कुनै पनि उत्पादन मिति,उत्पादनको नाम , परिमाण ।
► भण्डारणबाट बाहिर लगिने कुनै पनि उत्पादन मिति , उत्पादनको नाम , परिमाण ,स्थान्तरणको ठेगाना ।
(५)जडीबुटी सम्बन्धी ऐन नियमहरु
जडीबुटी खेती गर्दा नेपाल सरकारका प्रचलित ऐन नियमको जानकारी हुनु अत्यन्त आवश्यक छ । यसमा प्रतिबन्धित जडीबुटीहरुको अवस्था आंशिक खुल्ला आदि कर सम्बन्धी व्यवस्था संकलन सम्बन्धी व्यवस्था , सामुदायिक वनमा गरिने खेती सम्बन्धी व्यवस्था , निजी जग्गामा गरिने खेती सम्बन्धी व्यवस्था आदि पर्दछन् ।
(६) विविध
► विउ संकलनकै समयदेखि भण्डारण समयकै भित्तोपात्रो बनाई समय तालिका अनुसार गतिविधिहरु संचालन गर्नुपर्दछ ।
► खेती गरिने स्थलभित्र जग्गा तयारी देखि संकलन पश्चात् गरिने प्रक्रिया सम्मका विस्तृत गतिविधिहरु समेटिएको कृषकको दैनिकी राख्नु पर्दछ ।
► सबै संकलन कृषि–रसायन सम्बन्धी विषयको श्रोत ,उत्पादक विशेष नाम, समावेश भएका विषयवस्तुहरु , तरिका , मात्रा, समय र प्रयोगका आवृत्तिहरु बारेमा जानकारी राख्नुपर्दछ ।
► विरुवा ,हुर्केने , बढ्ने समयमा देखा परेका असाधारण परिस्थितबारे जानकारी हुनुपर्दछ ।
► प्रत्येक बाली संकलनको अभिलेखको राख्न र जडीबुटीहरुमा क्रमानुअनुसार गरिने प्रशोधनका क्रियाकलाप दर्शाउन संकलन बिल्ला लगाउने गर्नुपर्दछ ।
► जहाँ पठाए पनि बोरा अथवा थैलामा संकलन बिल्ला झुन्डाएको या सगैँ टासिँएको हुनुपर्दछ ।
► जडीबुटी तथा सुगन्धित तेलयुक्क्त वनस्पतिको संकलनका समयमा छुटाएको लट नम्बर समूह बोधक संख्या अथवा ब्याच उत्पादन समूह सबै अभिलेख दाँज्न मिल्ने गरी राखिनु पर्दछ ।
सावधानी
► विषको सानो टुक्राले पनि मानिसको ज्यान जाने खतरा हुने हुनालेविषको खेती गर्दा केटाकेटबिाट टाढा राख्नु पर्दछ ।
► साइनबोर्डमा आवश्यक सुचनाहरु टाँसेर सबैलाई सुसूचित गराउनुपर्दछ ।
► टिमुरको काँडाले बच्चालाई कोतारने ,घाउ बनाउने गर्न सक्ने हुनाले यसको संकलन र भण्डारण गर्दा निकै होरियारी अपनाउनु पर्दछ ।
► मुसा मार्ने विषादि प्रयोग गर्नु हुदैन , किनकि मुसा, लोखर्केहरु आदि जनावरहरुले जडीबुटी तथा सुगन्धित तेलयुक्क्त वनस्पतिहरुमा उत्पादनहरु ँखेको कोठामा पुर्याउन सक्दछन् ।
► बोरा , झोला , थैलाहरु र कृषि–रसायनहरुलाई छुटाछुटै तवरले भण्डारण गर्नु पर्दछ ।
► जडीबुटी तथा सुगन्धित तेलयुक्त वनस्पतिका उत्पादनसग्ाँ कार्य गर्न व्यक्तिहरुले सधै हात खुट साबुनले धोएर मात्र काम थाल्नु पर्दछ ।
► घाउ तथा रोगले संक्रमित भएका व्यक्तिहरुलाई जडीबुटी तथा सुगन्धित तेलयुक्त वनस्पतिका उत्पादनलाई परिचालन गर्न दिनु हुदैन ।
► जडीबुटी तथा सुगन्धित तेलयुक्त वनस्पतिका उत्पादनलाई परिचालन गर्ने व्यक्तितको सफा मास्क डोरीले कानमा अड्काएर नाक मुख थुन्ने स्वच्छ हवादार रुमाल या बस्तु सफा लुगा र पन्जा लगाउनु पर्दछ ।


0 comment