काठमाडौं - सरकारले सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको हो ।
प्रचण्ड सरकारले निर्देशिका बनाएर शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।
मुख्यसचिवका रुपमा बैरागीको कार्यकाल करिव ३ महिना बाँकी छदै २०८० जेठ २८ मा मुख्यसचिवबाट राजीनामा दिनुभएको थियो ।
त्यही दिन मन्त्रिपरिषद्ले सचिव वैकुण्ठ अर्याललाई मुख्यसचिव र मुख्यसचिवबाट राजीनामा दिनुभएका बैरागीलाई सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।
उहाले बैरागीले ९ साउनमा सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट राजीनामा पनि दिनुभएको थियो ।


0 comment