सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका-९ श्री काली देवी माध्यमिक विद्ध्यालयका शिक्षक र विद्ध्यार्थी मिलेर विद्ध्यालय आउने जाने बाटो सरसफाई र मर्मत गर्दैछन् । 

सागाचोकगढी नगरपालिका जिल्लाकै सबैभन्दा धेरै कर संकलन गर्ने पालिका हो । तर सोही पालिकाको वडा नम्वर ९ कदम्वासमा रहेको श्री काली देवी माध्यमिक विद्ध्यालयमा पढ्ने विद्ध्यार्थीहरुलाई बसबाट आवतजावत गर्न लामो समयदेखी असुविधा भईरहेको छ ।

सडक मर्मत गर्नका लागी पटक-पटक स्थानीय सरकारलाई हारगुहार गर्दा पनि सुनुवाई नभएपछी विद्ध्यालयका शिक्षक र विद्ध्यार्थीहरु आफैँले सडकमा भएको खाल्डाखुल्डी पुर्न सुरु गरेका हुन् । 

अहिलेको स्थितिमा भैसे कदम्वास सडक खण्डमा विद्ध्यार्थीहरु भगवानको नाम जप्दै हिँडनु पर्ने बाध्यता छ ।