काठमाडौं - ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरूषको शव फेला परेको छ।
आज बिहान ८ बजे ललितपुर महानगरपालिका-१ को वडा कार्यालय नजिक बागमती किनारमा शव भेटिएको हो । अन्दाजी ४०-४२ वर्षका पुरूषको शव भेटिएको हो।
शव घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरिले जनाएको छ ।
शवको पहिचान खुलाउने प्रयास भईरहेको जनाईएको छ ।


0 comment