काठमाडौं - मकवानपुरमा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडकखण्ड भीमफेदी कुलेखानी खण्डको सिस्नेरीमा आज बिहान काठमाडौंबाट बिरगन्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा सुमोमा सवार १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिए।
प्रहरी निरीक्षक पण्डितका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने ७ जनाको अवस्था मध्यम रहेको छ। उनीहरूलाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको प्रहरी निरीक्षक पण्डितले बताए।


0 comment