दिपा थपलिया,
ठमेलको भगवानवहालमा निर्माण गरिएको छायदिबी कम्प्लेक्स सम्बन्धि सबै मुद्धालाई सर्वोच्च अदालतले एकीकृत रुपमा अघि बढाएको छ । ऐतिहासिक कमलपोखरी मासेर कम्प्लेक्स खडा गरिएको मुद्धा सर्वोच्चको अग्राधिकारमा समेत परेको छ ।
सर्वोच्च अदालतले अतिक्रमित २६ रोपनी जग्गा नेपाल सरकारको नाममा दर्ता कायम भएको श्रेस्ता भेटिएको र उक्त जग्गा कुन स्रोतबाट कसको नाममा दर्ता कायम भई हाल कसको नाममा कायम छ? भनी गुठी सस्थान, मालपोत कार्यालय काठमाडौ र नापी कार्यालय काठमाडौंका नाममा १५ दिन भित्र लेखी पठाउन आदेश दिएसंगै छायाँदेवी कम्प्लेक्सको मुद्धा झन जटिल हुन पुगेको छ ।
अदालतले साबिक कि.नं. १६७ र १०४० का जग्गा २०४४।८।२३ मा नेपाल सरकारका नाममा दर्ता स्रेस्ता कायम भएकोमा सोही जग्गाबाट कित्ताकाट भई विभिन्न व्यक्तिका नाममा गएको देखिएकाले के कसरी व्यक्तिका नाममा कित्ताकाट हुन गएको हो ? सोको विवरण पठाउन पनि माग गरेको थियो। अदालतको मागेका सबै विवरण गुठी संस्थान काठमाडौं शाखाले यही साउन १० गते बुझाइसकेको छाया सेन्टर पोखरीकै भागमा निर्माण भएको गुठी संस्थान केन्द्रीय कार्यालयका प्रवक्ता हरिप्रसाद सुवेदीले बताउनु भयो।
सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले गएको चैत २० गते '२०३३ सालमा भएको नापीपश्चात देखिन आएको काठमाडौं जिल्ला, साविक, काठमाडौ नगरपञ्चायत, बडा नम्बर २९ कित्ता नम्बर १६७, कित्ता नम्बर १०४०, कित्ता नम्बर १८७ कित्ता नम्बर २२२४, कित्ता नम्बर २२२९ र कित्ता नम्बर २४१३ का जग्गाहरु कुन स्रोतबाट कसको नाममा दर्ता भई हाल कसको नाममा कायम भएको छ? भनी सोको विवरण पठाउन गुठी संस्थान केन्द्रीय कार्यालय र मातपोत कार्यालय काठमाडौं र नापी कार्यालय काठमाडौंलाई आदेश दिएको थियो ।
सत्ता र शक्तिको आडमा ठडियो छायादेवी कम्प्लेक्स बनेपछि स्थानीय बासिन्दा उक्त व्यापारिक भवन भत्काउनुपर्ने माग राख्दै आएका छन्। उनीहरूले पटक पटक आन्दोलनसमेत गरे तर विवादित छायादेवी कम्प्लेस भत्काउन निरन्तर माग गर्दै आएका थिए।
अहिले गुठी ससथानले सर्बोच्च अदालतलाइ दिएको जवाफले छाया सेन्टर कम्प्लेस पोखरी मासेर निर्माण भएको भन्ने प्रमाण पठाएकोले पनि मुद्दा जित्नेमा आशा जागेको कमलपोखरी पुनःस्थापना अभियानका अध्यक्ष भागवत नरसिंह प्रधान बताउनु हुन्छ ।
बैंकर पृथ्वीबहादुर पाँडेको अगुवाईमा ४३ जना व्यापारी एवं राजनीतिक दलका नेता कार्यकतांले ऐतिहासिक विक्रमशील महाविहार तथा कमलपोखरी मासेर व्यापारिक भवन छायादेवी कम्प्लेक्स निर्माण गरेको भन्दै ९ बर्ष पहिले दायर १५ वटा मुद्दाको अन्तिम सुनुवाई सर्वोच्चले फास्टट्याकमा हालिसकेको छ । यस विवाद सम्बन्धि १५ वटा मुद्दालाई सर्वोच्चले एकैसाथ राखेर हेरिरहेको छ ।


0 comment