सिन्धुपाल्चोक  - सुनकोसी गाउँपालिकामा ३० वटा मिनी सोलार किन्दा ५ लाख हिनामिना गरेको पाईएको छ । 

गत आर्थिक वर्ष २०८०/८१ मा पालिकाले मोहन कुमार श्रेष्ठ ज्युको नेतृत्वमा ८ लाखमा ३० वटा मिनी सोलार किनिएको थियो । 

उक्त मिनी सोलार छिमेकी देश भारतमा भारु ३२ सय पर्छ भने नेपालमा होलसेल मूल्य भ्याट बाहेक ८ हजार पर्न आउँछ । ८ हजारमा आउने उक्त मिनी सोलार पालिकाले भ्याट बाहेक प्रती गोटा नेपाली रुपैयाँ २५ हजार १ सय ४१ मा किनेको थियो । 

यसरी, ३० वटा सोलार किन्दा पालिकाले ५ लाख हिनामिना गरेको देखिन्छ ।