काठमाडौं - प्रहरीले चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका-१७ घर भइ काठमाडौं महानगरपालिका-१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाही रहेका छन् ।

काठमाडौं महानगरपालिका-५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रूपैयाँ बराबरको धनमाल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरीले गरगहनासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।