काठमाडौं । 
असार १७ गते प्रमुख दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा बन्ने सहमति भएसँगै प्रधानमन्त्री नियुक्ती भएर ३१ गते सफत लिएका थिए । चौथो पटक प्रधानमन्त्री भएका ओलीले संसदको दई तिहाइ मत प्राप्त गरेका छन ।

 

प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने क्रममा भ्रष्ट्रचार शुन्य पार्ने सुशासन कायम गर्ने देशको विकासलाई तिब्रता दिने समृद्धिको यात्रालाई अगाडी बढाउने राजनैतिक अस्थिरताका लागि संविधान संशोधन गर्ने राष्ट्रिय सहमतिको सरकारमा पहल गर्ने लगायतका कामहरु दृढतापूर्वक गर्ने प्रतिवद्धता व्यक्त गरे । आफ्नै समर्थनमा पुष्प कमल दाहाल प्रचन्डको नेतृत्वमा गठन गरेको सरकार ढालेर प्रधानमन्त्री बनेका ओलीमाथी विपक्षी गठबन्धनका दलहरुले नैतिकता सुशासन सामाजिक न्याय र समृद्धिको विषयमा प्रश्नै प्रश्न उठाएका छन ।  
 
ओलीको भनाइ थियो म भ्रष्टाचार गर्दिन अरूलाई पनि गर्न दिन्न । म फेरि भन्छु  भ्रष्टाचार म गर्दिन, अरूलाई पनि गर्न दिन्न’, संसदमा दोहो¥याएर सुशासनप्रति प्रतिबद्धता व्यक्त गर्दै ओलीले भनेका थिए, ‘आफूलाई अग्लो देखाउन अरूलाई होचो देखाउने काम म गर्दिन । स्टन्ड देखाउन होइन कानुनसंवत रूपमा विभिन्न कालखण्डमा भएका भ्रष्टाचारमाथि छानबिन र कारबाही हुनेमा सबैलाई आश्वस्त पार्ने प्रयास गरेका थिए ।   

ओलीले सुशासन, संविधान संशोधन र समृद्धिको पक्षमा प्रतिबद्धता जनाएपनि उनको विगतको नियतमाथि विपक्षी दलहरूले प्रश्नै प्रश्न गरेका थिए । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहितका दलहरूले खासगरी संविधान संशोधन, सुशासन र आर्थिक सुधारका विषयमा गम्भीर आसंका विपक्ष दलहरुको थियो । 


प्रभु साहले भ्रष्टाचार, राजनीतिक अस्थिरताका कारण कांग्रेस एमाले नै भएको आरोप लगाउदै। 

‘विगतदेखि कांग्रेस र एमाले नै  पालैपालो सत्तामा रहेका भए पनि भ्रष्टाचार, अनियमितता नघटेको  त्यसैकारण देशले अहिलेको दुर्दशा भोगिरहेको छ’, साहको जिकिर थियो । 

पहिलेदेखि नै प्रतिपक्षको भूमिका खेलेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ३५ वर्षदेखि पुरानै दल सत्तामा रहँदासमेत देश भ्रष्टाचारमुक्त हुन नसकेको आरोप लगाए । उनले सच्चा कम्युनिस्टहरू पुँजीवादी  सरकारमा नजाने स्पष्ट पारे । 

‘जसको हातमा अर्थतन्त्र हुन्छ, त्यसको हातमा सरकार हुन्छ । त्यसकारण गरिबको घरमा सहमति भएन । ठुलठुला व्यापारीको घरमा सहमति भयो । सच्चा कम्युनिस्टहरू पुँजीवादी सरकारमा जाँदैन । प्रधानमन्त्री र मन्त्रीहरू भ्रष्टाचारबाट मुक्त भए देश भ्रष्टाचारबाट मुक्त हुन्छ’, उनले भने । 

संसद्को अंकगणितको हिसाबले विपक्षी मोर्चा कमजोर देखिए पनि सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा ओली सरकारको आगामी काम हेरेर कडा रूपमा प्रस्तुत हुने देखिन्छ । उनीहरुले दुई तिहाइको दम्भमा सत्ता गठबन्धन निरंकुश शैलीमा अगाडि बढ्ने, प्रतिपक्षको आवाजलाई दमन गर्ने, भ्रष्टाचारका फाइल बन्द गर्ने हो कि भन्ने विषयमा विपक्षी गठबन्धनका दलहरु बढी शसंकित बनेका देखिएका थिए ।