काठमाडौं - चितवनमा प्रस्तावित रेलमार्गको अवलोकन गर्न आएको टोलीमाथि आक्रमणको प्रयास भएको छ।
भरतपुर महानगरपालिका - ७ स्थित नगर प्लटिङमा प्रस्तावित रेलमार्गको अध्ययन गर्न आएको टोली चढेको गाडीमाथि आगजानी गरेका छन्। भरतपुर महानगरपालिका -७ मा पुगेको आरएच कन्सल्टेन्सीको बागमती प्रदेश ०१ ०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरेका हुन्।
चालकबाट चाबी खासेर स्थानीयले गाडीलाई नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएको गाडी उनीहरूले प्रहरीकै अगाडि आगजनी गरेका हुन्।
प्रस्तावित पूर्वपश्चिम रेलमार्गको गुगल म्याम सर्भे गर्न आएका कर्मचारीमाथि आक्रमणको प्रयास भएको हो।
भरतपुर महानगरपालिकाको दमकलले आगो निभाएको छ।
टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो । भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट रेलमार्ग जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणवद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन् ।


0 comment