काठमाडौं - मधेस प्रदेश सरकारले गत असार २८ गते सिमलताल पहिरोमा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले सिमलताल पहिरोका कारण त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेसका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताए।
'दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ', मुख्यमन्त्री सिंहले भने, 'मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।' मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए।
- रासस


0 comment