परीक्षा कोइराला,

रुस र युक्रेन बीच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिले पनि यो युद्ध रोकिने कुनै सम्भावना देखिदैन । २५ फेब्रुअरी, २०२२ मा रुसले चार करोड ४० लाख जनसंख्या भएको युरोपेली लोकतान्त्रिक मुलुक युक्रेनमाथि जल, थल र आकाश तीनैबाट आक्रमण गरेको छ । किएभस्थित बोरिस्पेल अन्तराष्ट्रिय विमानस्थलसहित युक्रेनका शहरनजिकै अवस्थित विमानस्थलमा पहिलो आक्रमण थियो । यो युद्ध क्रिमिया र डोनबास क्षेत्रमा केन्द्रित छ, जुन क्षेत्रलाई पश्चिमले युक्रेन मान्दछन् । 

सन् १९९१ देखि युक्रेन  एक स्वतन्त्र देश भएतापनि, रुसले युक्रेनलाई पूर्व सोभियत गणतन्त्रको रुपमा, आफ्नो प्रभाव क्षेत्रको रुपमा मानेको छ । रुसी नेताले युक्रेनलाई नाटोमा सम्भावित मिलनले रुसको राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्छ भन्ने भनाइमा आधारित छ । 

क्रिमियालाई रुसमा गाभ्ने रुसी निर्णय २० फेब्रुअरी २०१४ मा भएको थियो र २२, २३ फेब्रुअरीमा रुसी सेना र विशेष बलहरु नोभोरोसिस्क हुदै क्रिमियामा प्रवेश गर्न थाले । 

२०२१ सेप्टेम्बरमा युक्रेनले नेटो सेनासँग सन्य अभ्यास गर्यो । क्रेमलिनले युक्रेनमा सन्य पूर्वाधार विस्तारले नाटोले “रातो रेखा” पार नगर्न चेतावनी दियो । 
हालै अन्तराष्ट्रिय कानुन क्लबकाले रसिया र नाटो विषयक युद्धको अन्त नामक कार्यक्रम  रसियन केन्द्र, काठमाडौँमा गरियो ।

कार्यक्रमको स्वागत भाषण आन्तोन मस्लोभ, प्रथम सचिव रसियन हाउस डाइरेक्टरले दिए । वरिष्ट अधिवक्ता कृष्ण प्रसाद भण्डारीको उपस्थितिमा भएको कार्यक्रममा रुस र युक्रेन द्वन्द सन्दर्भमा अन्तर्क्रिया र कार्यक्रम सुसम्पन्न भयो । 

उक्त कार्यक्रममा डा. युवराज संग्रौला (प्रोफेसर अन्तराष्ट्रिय कानुन), दिपक ज्ञवाली (पूर्व जलस्रोत मन्त्री), डा. गोबिन्द कुसुम (भूतपूर्व गृह सचिव), प्रेम चन्द्र राई (हिमालयन विकास काउन्सिल, नेपाल), युजिच्च (स्नाकोत्तर अन्तर्राष्ट्रिय मानवीय कानुन, जेनेभा), मिस्टर डिमीत्राइ स्तेफनोरीच (आइ एम इएओंराआस, मस्को) को समेत सहभागिता थियो ।

डा. दिपक ज्ञवालीले रसिया (युक्रेन द्वन्दको एतिहासिक पक्षको महत्वपूर्ण अन्तरदृष्टि बताए । उनले लामो समयसम्म रहेको नाटो – रसियाको गतिशीलताको बारेमा पनि प्रष्ट गरे । प्रोफेसर डा. युवराज संग्रौलाले पश्चिमा राष्ट्रहरुलाई अन्य राष्ट्रको वैदेशिक मामिलाहरुमा पुर्याएको प्रभुत्व र हस्तक्षेप बारे चर्चा गर्दै अन्तर्राष्ट्रिय नियममा आधारित रहेर काम गर्नु पर्नेमा जोड दिए । 

एसोसियट प्रोफेसर युजिच्च संग्रौलाले अन्तर्राष्ट्रिय कानुनलाई उचित रुपमा मुल्यांकन हुने बताउदै एशियाली राष्ट्रहरुले यसको बिकासमा खेलेको भूमिका बारेमा प्रकाश पारे । एशोशियट प्रोफेसर प्रेम चन्द्र राईले संयुक्त राष्ट्र संघको पक्षमा बोल्दै अन्तर्राष्ट्रिय कानुनले शान्ति प्रक्रियामा रसिया सहित सम्पूर्ण लाग्ने बारे बताए ।  

डा. गोविन्द कुसुमले विश्वमा भइरहेको द्वन्दको परिणाम वारे असमानतापुर्वक देखाईएको भन्दै विकासोन्मुख राष्ट्रमा आकस्मिक रुपमा शान्ति र सुरक्षाको आवश्यकता रहेको मन्तव्य दिए । मिस्टर डीमित्राइ स्तेफनोरीचले रसिया – युक्रेनको युद्ध विराम मात्र नभई एक दिगो समाधानद्वारा विश्वको दक्षिणी भेगमा द्वन्दलाई समाधान गर्नु पर्ने बताए । 

प्रश्न उत्तर स्तरमा रसिया र युक्रेनको युद्ध विरामका रणनिति र संस्थागत सुधारका बारेमा आलोचनात्मक छलफल भयो । वक्ताहरुले भूराजनीतिक गतिशीलताको विश्लेषण गर्दै पश्चिमी प्रभुत्व र तेस्रो राष्ट्रमा शान्ति र सुरक्षा कायम गर्ने रणनिति बारेमा प्रस्तावित उपायहरु वारे सल्लाह भयो । 
यस कार्यक्रमले एक बलियो तर्क र रणनिती मार्फत अन्तराष्ट्रिय द्वन्द समाधानका उपाय शान्तिका लागि दृष्टि प्रदान गर्यो ।