काठमाडौं - जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको ३८ लाखसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् । प्रहरीले बा प्र २०४८ प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ ।
साथै, प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेललाई पक्राउ गरेको छ ।
बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०८१ असार १२ गते पक्राउ अनुमति जारी भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुमारीगालबाट पक्राउ गरेको हो ।
उनलाई प्रहरी वृत्त गौशालाले हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


0 comment