काठमाडौं - सरकारले बजेटमार्फत सुनमा अव्यवहारिक भन्सार वृद्धि गरेको भन्दै सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरेर आन्दोलनमा उत्रीएका छन् ।
हाल सुनमा लगाइएको भन्सार वृद्धिको विरोध गर्दै संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले पसल बन्द गर्दै न्युरोड क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले अव्यवहारिक सुनको भन्सार वृद्धिका कारण उपभोक्तालाई महङ्गो पर्ने,कालीगढहरूलाई विस्थापीत गर्ने अवस्था निर्माण भएको जनाएका छन् ।
त्यस्तै भन्सार वृद्धिका साथै गहनामा बिलासिता कर लगाउने निर्णयको विरोध गर्दै शान्तिपूर्ण पदयात्रा गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले बताए । त्यस्तै सुनचाँदी व्यवसाय तथा कालिगढ मैत्री नीति निर्देशीका, ऐन तुरुन्त लागू गर्नुपर्ने माग पनि आफूहरुको रहेको उनले बताए।
त्यस्तै व्यवसायीहरूले सुनचाँदीमा आकर्षक विज्ञापन प्रकाशित गरी आम उपभोक्तामा भ्रम छर्ने,गहना व्यवसायीहरूलाई अन्योलमा पर्ने एवं व्यवसायी र कालीगढबीच द्वन्द्व सिर्जना गर्ने कार्य केही व्यवसायीहरूले गरेको भन्दै त्यसको समेत विरोध समेत गरेका छन् ।


0 comment