काठमाडौं, ५ असार
कैलाली, जानकी गाउँपालिका-५ अमौरास्थित कुलरिया खर्गौली बड्काबिच्की कुलाको ईन्टेकमा डुबेर लम्कीचुहा नगरपालिका-५ थापापुर बस्ने १८ वर्षीय कैलाश बिष्टको मंगलबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अमरावती र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि टीकापुर अस्पताल पठाएकोमा उनको उपचारको क्रममा मृत्यु
भएको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-५ प्रगति टोल बस्ने अनिल पासवानको छोरा साढे २ वर्षीय नितेश पासवानको छिमेकीको निर्माणाधीन सेप्टी ट्याङ्कीभित्र रहेको पानीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ लक्ष्मिपुरस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने सुर्य यादवको छोरा २ वर्षीय देव कुमार यादवको मंगलबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिराहा, लहान नगरपालिका-१७ बलानसर टोलस्थित बलान खोलामा आएको बाढीले बगाउँदा सोही ठाउँ बस्ने लगन सदायको छोरा ८ वर्षीय आशिक सदा र अजय चौधरीको छोरा ८ वर्षीय रितिक चौधरीको मंगलबार दिउँसो मृत्यु भएको छ । नुहाउन गएका उनीहरूलाई बाढीले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लहान र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-४ र २ को सिमानामा पर्ने लामा खोलामा डुबेर सोही नगरपालिका-४ बस्ने ६९ वर्षीय प्रसाद राईको मंगलबार बेलुकी मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


0 comment