काठमाडौं, ५ असार
दैलेख, दुल्लु नगरपालिका-१२ दह बस्ने ३५ वर्षीय केशव दाहाल सोही ठाउँस्थित लमस्तडा भन्ने स्थानको सडक छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

दाङ, गढवा गाउँपालिका-३ रतनपुरघाटस्थित राप्ती बगरमा सोही गाउँपालिका-३ महादेवा बस्ने ६९ वर्षीय लिला राम चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । झापा, शिवसताक्षी नगरपालिका-७ पिपल डाँडास्थित पानीको खाल्डोमा सोही ठाउँ बस्ने ५० वर्षीय राम माझी मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।