काठमाडौं । 
आमाबुबा विहिन भएर बेसाहारा बनेका सडक बालकको उद्धार भएको छ । बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) ले सो बालकको उद्धार गरेको हो । विगत १० वर्षअघि आमाको मृत्यु भएको थियो । बुबासँग बसिरहेका बालक केही समयअघि बुबाको पनि मृत्यु भएपछि बालक अभिभावकविहिन भएका थिए । अभिभावक विहिन भएका बालक बेबारिसे भइ सडकमा डुल्दै हिँडने गरेको समुदायका व्यक्तिहरुले देखेका थिए । यसै क्रममा समुदायका व्यक्तिले खबर गरेपछि बालकको बारेमा थप बुझने काम भएको थियो । बालक वृद्ध हजुरआमासँग बस्ने तर कोठामा खानेकुरा पनि नहुने र गलत साथीको संगतबाट बालक सडकमै बस्ने सडकमै सुत्ने गरेको पाइएको थियो । सडकमै बेबारिसे अवस्थामा डुल्ने गरेको पत्ता लागेपछि नेपाल प्रहरीको कमान्डमा रहेको बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) लाई खबर भइ उद्धार भएको थियो । बालबालिका खोजतलास केन्द्रले सो बालकको उद्धार गरी संरक्षण गृहमा राखिएको केन्द्रका बाल संरक्षण अधिकृत सन्तोष चन्द्र अधिकारीले विशाल नेपाल अनलाइन खबरलाई बताएका थिए । बालबालिका खोजतलास केन्द्रले २४ सै घन्टा सडकमा रहेका बालबालिका बेबारिसे अवस्थामा डुल्ने बालबालिकाको उद्धार गरी संरक्षण गर्ने कार्य गरिरहेको अधिकृत अधिकारीले बताए । सडकबाट उद्धार गरिएका बालबालिकालाई उनीहरुको अवस्था अनुसार विभिन्न संस्थाहरुसँग समन्वय गरी संरक्षणको लागि व्यवस्थापन गर्ने गरिएको कुरा अधिकृत अधिकारीको भनाइ थियो । केन्द्रले उद्धार गरेका बालबालिकाहरु संस्थामा सामाजिकीकरण हुन समय लाग्ने र केही बालबालिका संस्थामा बस्न नरुचाई संरक्षण गृहबाट भाग्ने पनि गर्छन तर त्यसरी भाग्ने बालबालिकाहरुलाई फेरी खोजतलास केन्द्रले उद्धार गरी पुन संरक्षण गृहमा राखेर उनीहरुको शिक्षा दिक्षा सबै व्यवस्थापन समेत गर्ने गरिएको कुरा अधिकृत अधिकारीले विशाल नेपाल अनलाइन खबरलाई बताए । सडक बालबालिका उद्धार गर्ने राष्ट्रिय अभियान अन्तर्गत यस केन्द्रले देशव्यापी रुपमा बेबारिसे बालबालिकाको उद्धार गरी संरक्षण गहृमा व्यवस्थापन गरेको अधिकारीको भनाइ थियो । बेबारिसे अवस्था सडकमा बालबालिका देखेमा जो केहीले पनि निशुल्क टेलिफोन नंबर १०४ मा खबर गर्नका लागि सबैलाई अधिकारीले अनुरोध गरका थिए । बालबालिकाको संरक्षण गर्ने जिम्मेवारी सबै नागरिक समाज राज्यको भएको हुनाले बालबालिकाको सवालमा संबेदनसिल भएर जिम्मेवारी पूरा गर्नु पर्दछ ।