काठमाडौँ – वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु अर्थिक बर्ष २०८० र ८१ को जेठ महिनामा मात्रै ७२ हजार ८ सय ६१ नेपाली कामको खोजीमा विदेशिएका छन्। जसमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला छन् । गत वैशाखमा ७० हजार व्यक्ति रोजगारीको खोजीमा विदेश गएका थिए ।

यस्तै, विभागको अनुसार चालु आर्थिक बर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार ३८६ पुगेको छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो ।

यता, गत आर्थिक वर्ष २०७९ र ८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार पुगेको थियो । चैतयता प्रत्येक महिना ७० हजार हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको विभागको तथ्याङ्क छ । यो तथ्याङ्कअनुसार साउनसम्म वैदेशिक रोजगारीमा जानेको संख्या साढे सात लाख पुग्ने देखिन्छ ।

विभागले रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक भएको छ भने युएई पहिलो श्रम गन्तव्य बनेको छ । साउनदेखि जेठसम्ममा १ लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएका छन् । 

यस्तै, जेठसम्म ८७ हजार जना मलेसिया गएका छन् । जेठमा मात्र संयुक्त अरब इमिरेट्स ९यूएई० मा २० हजार ४२४ जना गएका छन् । 

त्यस्तै मेलेसियामा ८ हजार ७५२ जना पुगेका छन् । कतारमा ११ हजार ९७३, साउदी अरबमा १३ हजार ३६६ र कुवेतमा ३ हजार ४३२ जना रोजगारीका लागि पुगेका छन् ।

यता, जेठ महिनामा क्रोएसियामा २ हजार ९२२ जना, रोमानियामा १ हजार ९४६ जना, साइप्रसमा ८९९, माल्टामा २८१ र प्रोचुगलमा १३९ जना रोजगारीका लागि पुगेका छन् ।

विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ रोजगारीका लागि विदेश गएका छन् ।

त्यस्तै, मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ नेपाली विदेश गएका छन् ।माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, वैशाखमा ७० हजार ६३७ र जेठमा ७२ हजार ६ सय ८१ जना रोजगारीका क्रममा विदेशिएको तथ्याङ्क छ ।

नेपालबाट कामको खोजीमा विदेशीने युवाको संख्या बढेसंगै विदेशबाट नेपालीले पठाइरहेको रेमिट्यान्स हरेक महिना बढीरहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका देशको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ ।