
परिक्षा कोइराला,
काठमाडौं – हालै २२५ औ अलेक्सान्द पुश्किन जयन्ती एवं रुसी भाषा दिवस रुसी सदनमा मनाइयो । पुस्किन सन् १७९९ मस्को, रसियामा जन्मे र १८३७ मा ३७ वर्षको कलिलै उमेरमा मृत्यु भयो । उनी एक रुसी कवि, नाटककार र रोमान्टिक युगको कवि र आधुनिक रुसी साहित्यको संस्थापक मानिन्छ ।
उनले १५ वर्षमा पहिले कविता प्रकाशित गरे र स्नातकपछि साहित्यिक प्रतिष्ठानद्वारा व्यापक रुपमा मान्यता पायो । उनले स्नातकपछि विवादास्पद कविता ओड टु लिबर्टी सुनाए । उनले सबैभन्दा प्रसिद्ध नाटक बोरिस गोडुनोभ लेखे ।
यस कार्यक्रममा रुसी साहित्यका अध्यक्ष प्रा. डा. जंगम चौहानले सभापतित्व गरेका थिए । रुसी सदनकी सह – निर्देशकले रुसी साहित्य उत्थानमा पुश्किनको योगदान बारेमा बताइन् र कबिता पाठ गरिन् । पुश्किनका भूमिका बारेमा अन्य वक्ताले प्रकाश गर्दै कविता वचन गरे । रुसी, नेपाली भाषामा कविता सुनाइयो ।
प्रमुख अतिथि संगीत तथा नाट्य प्रतिष्ठानको कुलपति निशा शर्माले आफुले रुसी साहित्यकार पुश्किनलाई रुसले गरेको आदरबाट प्रभावित भइ यस्तै सम्मान गर्ने इच्छा जागृत भएको बताइन् ।
कार्यक्रमको अन्त्यमा संस्थाको महासचिव चन्द्रकान्त आचार्यले पुस्किनको योगदान रुसी साहित्यमा बिर्सन नहुने बताए ।
रुसी सदनका कर्मचारी इन्जिनियर शुसिल सिग्देलले रुसी भाषा, साहित्य महत्व बारेमा बताएका थिए । समारोहमा इन्जिनियर शोभाकर खनाल, साहित्यकार बिजय ध्वज थापा, निर्मल पराजुली, मोमिला, मन्दिर कोइराला, परीक्षा कोइरालाको आदिको उपस्थिति थियो ।


0 comment