दीपक श्रेष्ठ,
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलिले श्रोत नखुलेको रकम सहित ४ जना चिनियाँ नागरिकहरुलाइ पक्राउ गरेको छ। तो चिनियाँ नागरिकहरुलाई गएको राती एक बजे ट्यक्सीबाट भक्तपुर तर्फ आउदै गर्दा भक्तपुरको महेश्वरी पेट्रोल पम्प नजिकबाट नियन्त्रणमा लिएर चेक जाछ गर्दा उनिहरुको साथबाट नेपाली ६९ लाख रुपैया बरामद भएको थियो।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक बेद बिष्टका अनुसार उनिहरु केही महिना अघि पर्यटक भिसामा आएर काठमाडौको ठमेल स्थित होटल नेपाल भुमिमा बस्दै अवैध रुपमा व्यापार ब्यवसाय गर्दैआएका थिए ।
पक्राइ परेका चिनियाँ नागरिकहरुले बरामद रकमको श्रोत खुलाउन नसकेको कारण आवश्यक प्रकृया पुर्याइ राजस्व अनुसन्धान बिभाग पठाइएको भक्तपुर प्रहरी प्रमुख बेद बिष्टले बताउनु भयो


0 comment