दीपक श्रेष्ठ,

जिल्ला प्रहरी कार्यालय बाराको टोलिले नक्कली नोट सहित ४ जनालाइ पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले नक्कली नोटको कारोबारमा संलग्न कार्यमा संलग्न रहेका ३ नेपाली र १ भारतीय नागरिक सहित ४ जना मानिसलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमावबारा जिल्ला कोल्हवी नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष २५ को राजन चौधरी ,वर्ष १९ को आकाश चौधरी रौतहट जिल्ला राजपुर नगरपालिका वडा नम्बर १ बस्ने बर्ष १९ को मोहन कुमार साह रहेका छ्न ।

उनिहरुलाई बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ सानो बसवरीया भारतिय नम्बरको मोटर्साइकल सहित नेपाली नक्कली नोट रू. १ हजार दरको ७ सय ७ वटा जम्मा ७ सात लाख ७ हजार रुपैया बरामद गरेको हो ।

त्यसैगरी भारतको बिहार राज्य, जिल्ला मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा वडा नम्बर ७ घर भएका बर्ष ४० को महमद आलमलाई बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ ठुलो बसवरीया स्थित साईकलमा लिई आउदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उन साथबाट नेपाली नक्कली नोट १ हजार रुपैया दर को ६ सय ९ वटा जम्मा ६ लाख ९ हजार रुपैया बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी दधिराम न्यौपानेले जानकारी दिनु भयो ।