दीपक श्रेष्ठ,

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले साउदी रियाल देखाइ ठगी गर्ने ३ जनालाइ पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा वर्ष ३५ का दिपक तामाङ्ग ,वर्ष ४९ का टेक बहादुर घिसिङ, वर्ष ३६ का निर बहादुर तामाङ रहेका छ्न ।

रामेछाप जिल्ला दोरम्बा गाउपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौ कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ हरियालिनगर बस्ने बर्ष ५८ की चन्दरी तामाङ समेतका मानिसहरुलाई साउदि रियल देखाई फाईदा हुने प्रलोभनमा पारि निजहरुको साथमा भएको सुनका बिभिन्न गरगहना तथा नगद समेत गरी जम्मा रू. १४ लाख २१ हजार ५०० सय रुपैया लिई ठगी फरार भएका थिए ।

प्रहरीले घटनाहरुको अनुसन्धानको सिलसिलामा जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नं १२ जिनाखु बस्ने बर्ष ३५ को दिपक तामाङ समेतका व्यक्तिहरुको संलग्नता रहेको भन्ने बुझिन आएकोले निजहरुलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुर र प्रहरी बृत वौद्धको संयुक्त प्रहरी टोलीले काठमाडौको गोकर्णेश्वर नारायणटार बाट पक्राउ गरी गरिको हो ।

निजहरुले जिल्ला काभ्रेपलान्चोक तेमाल गाउपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ नयाँबस्ती बस्ने वर्ष ३५ की फुलमाया तामाङलाई साउदी रियाल देखाई साथमा रहेको सुनको विभिन्न गरगहना समेत गरी जम्मा ४ लाख८५ हजार रुपैया, रामेछाप जिल्ला साविक गुप्तेश्वर गाउपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३८ की सरमाया तामाङलाई साउदी रियाल देखाई सुनका विभिन्न गरगहना समेत गरी जम्मा २लाख २२ हजार ५ सय रुपैया त्यसैगरी जिल्ल ओखलढुङ्गा सुनकोशी गाउपालिका वडा नम्बर ३ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ आलापोट बस्ने वर्ष २४ को उत्तम बस्नेतलाई कतारी रियाल देखाई साथमा सुनको सिक्री लिई रु.२ लाख २० हजार ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत वौद्ध पठाईएको काठमाडौका उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराइले जानकारी दिनु भयो ।