दिपा थपलिया,
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलिले ब्राउनसुगर सहित २ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा जिल्ला दमक नगरपालिका १ घर भएका बर्ष ३६ की सपना भुजेल र बर्ष ४१ को कुमार भुजेल रहेका छन ।
काठमाडौको कोटेश्वर स्थित रमाईलो लज एण्ड भोजलानय आसपासमा प्रतिवन्धित लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंको बिशेष प्रहरी टोलीले उक्त स्थानमा गई रमाईलो लज एण्ड भोजलानयको दोस्रो तलामा रहेको कोठा नम्बर २ मा खानतलासी गर्दा प्रतिवन्धित लागु औषध ३० ग्राम ब्राउन सुगर तौल गर्ने डिजिटल तराजु थान २, र ५५ हजार रुपैया सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरु माथी लागु औषध नियन्त्रण ऐन २०३३, बमोजिम जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रबक्ता नवराज अधिकारीले जानकारी दिनु भयो ।


0 comment