दीपक श्रेष्ठ,
जिल्ला प्रहरी परिसर काठमाडौको टोलिले सुनको सिक्री लुट्ने ३ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरिमा गोरखा जिल्ला घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ७ कपुरधारा बस्ने बर्ष २८ की उषा बिष्ट र सर्लाही जिल्ला राजघाट नगरपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौको तारकेश्वर लोलाङ बस्ने रामहरि खड्का ,सर्लाही जिल्ला राजघाट गाउपालिका वडा नम्बर ६ घर भई हाल चावहिल बस्ने बर्ष ३७ को हरि शंकर चौधरी रहेकाछन ।
काठमाडौको सुन्धाराबाट ट्याक्सीमा सवार कबिराज नेपालीले घाटीमा लगाएको सुनको सिक्री सोही ट्याक्सीमा सवार महिलाले चोरी गरी फरार भएको भनी खोजतलास गरी पाउँ भनि हुलिया सहित प्रहरी वृत्त जनसेवामा दिएको जाहेरी पश्चात उक्त हुलियाको आधारमा चोरीमा संलग्न ब्यक्तिहरुको खोजतलास गर्दै जाने क्रममा प्रहरीले काठमाडौको माछापोखरीमा चोरीमा संलग्न उषा बिष्टलाई फेलापारेको थियो ।
घटनाको सम्बन्धमा सोधपुछ गर्दा महिलाले चोरी गरेको सुनको सिक्री रामहरि खड्का मार्फत हरि शंकर चौधरीलाई बिक्री गरेको भनि बताएको हुदाँ खोजी गर्दै जादा नयाँबसपार्कबाट रामहरि खड्का र वडा नम्बर ७ चाबहिल गणेशस्थानबाट हरि शंकर चौधरीलाई फेला पारी निजको साथबाट प्रहरीले सुनको सिक्री थान १ बरामद गरेको थियो ।
पक्राउ परेका ३ जनालाई चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट उषा बिष्टलाई ५ दिन र रामहरि खड्का र हरि शंकर चौधरीलाई ४ दिन को म्याद थप अनुमति लिई प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख वसन्त रजौरेले जानकारी दिनु भयो ।


0 comment