काठमाण्डौ - हरेक वर्ष झै यस वर्ष पनि हङकड स्थित नेपाल वाणिज्यदूतावासले एकै दिन परेको १७ औ गणतन्त्र दिवश र ७१ औ अन्तराष्ट्रिय सगरमाथा दिवश हङकडमा विशेष कार्याक्रम गरी मनाएको छ ।  

कार्यक्रमको पहिलो चरणमा सगरमाथा दिवशका. अवसरमा हडकड वाट आफ्नो १८ वर्र्षीय छोरा सहित सगरमाथा आरोहण गर्ने पहिलो साहसिक आरोहि जोडगतांग र हगकग चाईना माउन्टेनेरिड एण्ड क्लाईम्वीड युनियनका प्रतिनिधीहरुलाई सम्मान गरीएको थियो । सो कार्यक्रमलाई सम्वोधन गर्दै महावाणिज्यदत उदय वहादुर रानामगरले प्राकृति सौन्दर्यप्रेमी र साहसी पर्यटकहरुको लागी नेपालका हिमाल र पहाडहरु उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्नु हुदै हाल सम्म ६ हजार भन्दा वढि आराेहिहरूले हिमाल चढि सकेका छन

उनले हिमाल आरोहणको क्रममा झण्डै ८ सयले ज्यान गुमाएको र धेरै धाईते समेत भएको हुनाले दिवंगत आरोहि प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै धाईते को शिध्र स्वास्थ्य लाभको कामना गरेका थिए । सोहि कार्यक्रममा सम्मानित हुने युनियनका प्रतिनिधी एमएस ली ले हडकडको टोलीले २०१९ सालमा सगरमाथाको सफल आरोहण गरेको रोमाज्चकारी सस्मरण सुनाउदै नेपाल साच्चिकै हिमाली श्रृखलाहरुको देश भएकोले प्राकृतिकप्रेमीहरुले जीवनमा एक पटक नेपालको भ्रमण गर्नै पर्ने वताए । 

कार्यक्रममा नेपालका हिमालहरुको वारेमा नेपाल टेलिभिजन र पर्यटन वोर्डले  निर्माण गरेको भिडियो प्रस्तुत गरेर सवैलाई मन्त्रमुग्घ पारेको थियो । साथै नेपाली कलाकारहरुले  राष्टीयभावले ओतप्रोत नेपाली नृत्यहरु प्रस्तुत गरेका थिए । 

सोहि दिनको दोश्रो चरणको  कार्यक्रममा गणतन्त्र दिवश मनाउन हडकड,मकाउ स्थित सवै राजनीतिक सामाजिक कुटनितिक तथा व्यापारीक संध संस्था तथा समाजका अगुवाहरुको उपस्थितिमा सम्पन्न भएको  थियो । हडकड स्थित याउतीमोंग जिल्लावाट पहिलो पटक जनप्रतिनिधीको रुपमा  मनोनित हुनु  भएकी  नेपाली समाजसेवी अरुणा गुरुड र वाणिज्यदूत रानामगरले संयुत रुपमा पानसमा वती वालेर कार्यक्रमको उदघाटन गरेका थिए । 

 उद्घाटन मन्तव्य तथा कार्यक्रमको वारेमा प्रकाश पार्दै महावाणिज्यदुत रानामगरले नेृपालमा राणा शासन,पंचायती शासन, वहुदलिय व्यवस्था हुदै अहिले लोकतान्त्रीयक गणतन्त्रमा मलुक हिडन थालेको १७ वर्ष भयो । यस क्रममा देशले ठुलो उतारचढाव भोग्नु परेको छ । १५ सय डलर जीडिपी भएका धेरै गरीव मुलकहरुमा गणतन्त्र असफल पनि भएको छ । तर नेपालमा भने गणतन्त्र आए पछि सडक निर्माण ,विजुली पानी जस्ता विकाश निर्माणका काम र नागरीकहरुले पाउनु पर्ने धेरै मौलिकहक, अधिकारहरु गणतन्त्रमा पाएको वताए । यसैगरी सो कार्यक्रममा गैरआवासीय नेपाली महासंघ (एनआरएन) जीएनआरएनका अध्यक्षहरु हङकड नेपाली महासंधका अध्यक्ष रीता गुरुड, नेकपा एमाले, नेकपा माओवादी, नेपाली कांग्रेस, राष्टिय प्रजातन्त्रपार्टिका भातृ संगठनहरुका प्रतिनिधीहरुले पनि मन्तव्यहरु राखेको थिए । यसै गरी महासंघका पुर्वअध्यक्ष टंक राना,पुर्व सल्लाहकार धन थापा, एनआरएन मकाउ, चेम्वर्स अफ कमर्स मकाउका प्रतिनिधीहरु लगायत पनि वाक्लो उपस्थिति रहेको थियो । 

वाणिज्यदुतावासका अधिकृत सतिस गुरुडले संचालन गर्नु भएको सो कार्यक्रममा अधिकृतद्धय प्रेम विक ले राष्ट्रपतिको सन्देश र भोजराज भट्रराईले प्रधानमन्त्री ज्यु को सन्देश वाचन गरेर सुनाएका थिए । कार्यकमको अन्त्यमा नेपाली सांस्कृतिक कार्यक्रम र नेपाली परीकारको रात्री भोजको आयोजना गरीएको थियो ।