काठमाडौं – एक ५५ बर्षिय महिला (महाराजगन्ज–४८) लाई जवरजस्ती बलात्कार गरेको आरोपमा सुकेधारमा फेन्सीपसल संचालन गर्दै आएका रविरत्न चुँडाललाई महाराजगञ्ज प्रहरी बृतले पक्राउ गरेको छ । चुँडाल आफुलाई दुर्गा प्रसाईको भान्जा भएको सामाजिक सन्जालमा बताउने गर्थे । मूल थलो झापा घर भएका चुँडाल यस अघि पनि लागु पदार्थ काण्डमा जेल समेत परेको बताइन्छ । 

लामो कपाल र फुलेका तिलचाम्ले दारी जुँगा समेत पालेका चुँडालले महाराजगन्ज– ४८ कै सुकेधार स्थित घरको दुईवटा सटर भाडामा (मासिक ५० हजार) लिएर लामो समयदेखि फेन्सी पसल संचालन गरिरहेका थिए । घरबेटी महिला एक्लै रहेको मौका पारेर उनले बलात्कार गरेका थिए । 

चुँडालले २०७६ सालदेखि दादागिरी देखाउँदै पसलको भाडा पनि तिरेका छैनन् र पसल छोडेका पनि छैनन् । २ वटा सटरको मासिक भाडा ५० हजारमा उनले लिएका हुन् । उनले घरबेटी महिलाको चेक चोरी गरेर ८७ लाख उल्टै दिएको किर्ते काम समेत गरेका थिए, जसलाई अदालतले फर्जी चेक भनि निर्णय गरिदिएको थियो । घरबेटी महिलाले आफ्नो इज्जत लुटिएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । 

https://www.youtube.com/watch?v=h7g_dQ4p3l8&t=19s