दीपक श्रेष्ठ,

मानबबेचबिखन अनुसन्धान ब्युरोको टोलिलेआर्थिक प्रलोभन दिएर नाबालिकहरुलाइ बेश्याबृतिमा लागाएको आरोपमा एकजना महिलालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर ५ स्थाई ठेगाना भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नम्बर १६ बसन्तनगर बस्ने वर्ष २९ रश्मी लामा रहेका छन । राम्रो आम्दानी हुने काममा लगाईदिन्छु भनि प्रलोभन देखाई दिदीको खाजा घर सञ्चालकले आफ्नो खाजा घरमा खाजा खान आउने र सम्पर्कमा आएका व्यक्तिहरुसँग डिल गरी विभिन्न होटल तथा गेष्ट हाउसमा वेश्यावृत्तिको लागि पठाउने गरेको ब्युरोले जनाएको छ ।

पीडितको ईच्छा विपरीत ग्राहकहरूसँग शारीरिक सम्बन्ध राख्न बाध्य बनाई राखेको अवस्थामा यस व्युरोबाट खटिएको प्रहरी टोलीले पिडिलाई उद्दार गरी उक्त कार्यमा संलग्न रश्मि लामालाई काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा न.-३२ नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो ।

यस घटनासमा संलग्न अन्य प्रतिवादिको खोजी भैइरहेको र पक्राउ परेकी महिला माथी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट ५ दिन को म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख ओम बहादुर रानाले बताउनु भयो ।