दिपा थपलिया,
जिल्ला प्रहरी कार्यालय पर्साको टोलिले ठूलो परिमाणमा लागुऔषध खैरोहेरोइन सहित २ जनालाइ पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिकाम वडा नम्बर ३ बस्ने वर्ष २९ का समुन्द्र साह र सोही ठेगाना बस्ने वर्ष २४ का अमिर वानिया रहेका छन ।
पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट स्थित सडकखण्ड्मा यस कार्यालय मातहत प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले बा.प्र.०३-०२-प ९४५० नम्बरको स्कुटीलाई रोकी जाँच गर्दा उक्त स्कुटीको सिटमुनी लुकाइ राखेको प्लाष्टिकको झोलाभित्र लागु औषध खैरो हिरोईन १सय ५१ ग्राम र अफिम १सय ५४ ग्राम बरामद गरेको थियो ।
उक्त लागु औषध र उल्लेखित नम्बरको स्कुटी सहित व्यक्तिहरूलाई नियन्त्रणमा लिइ उनिहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनम्याद लिइ थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोद ढुङ्गेलले जानकारी दिनु भयो ।


0 comment