दिपा थपलिया,

काठमाडौं- दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ । सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेस गरेको थियो । जिल्ला न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले सिरोहियालाई पक्राउ गरेको थियो ।

सिरोहियालाई पक्राउ गर्नका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली सादा पोशाकमा थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यालय पुगेर नियन्त्रणमा लिएको थियो। धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । सिरोहियालाई मंगलबार प्रहरीले काठमाडौँबाट पक्राउ गरी धनुषा लगेको हो ।

यता बुधबार थस्पाथली स्थित कान्तिपुर पब्लिकेशनको कार्यालय प्रागणमा पत्रकारसम्मेलन गर्दै मिडिया सोसाइटी का अध्यक्ष शुभशकर कडेलले सहकारी प्रकरणमा गृहमन्त्रीविरुद्ध निरन्तर मिडियाले प्रश्न उठाइरहेपछि त्यसको बदला लिन सबैभन्दा ठूलो मिडियामाथि अट्याक गरेर सबैलाई मिडियालाइ तर्साउन खोजिएको आरोप पनि लगाउनु भयो ।

कैलाश सिरोहियाको गिरफ्तारी केवल नागरिकतामा विवरण फरक परेका कारण गरेको गिरफ्तारी नभएर नेपालको मिडियामाथि गर्न खोजिएको आक्रमण मात्र भएको बताउनु भयो । यसै गरि उपत्यका प्रशारक मञ्चका अध्यक्ष आरके श्रेष्ठले सञ्चार गृहमा हतियारसहित प्रहरी प्रवेश गर्नु खेदजनक भएको टिप्पणी गरेका छन् । छानबिनका क्रममा नीति ऐनमा एकरुपता होस् ।

कैलाश सिरोहियामात्र होइन अन्य उच्चपदस्थ व्यक्तिमाथि पनि त्यस्तै छानबिन होस् । आमसञ्चार गृहमा हतियारधारीको प्रवेश सम्पूर्ण प्रेसलाई संकुचित बनाउने दुष्प्रयास भएको उहा को भनाइ छ ।