दिपा थपलिया,

कास्की प्रहरीले लागुऔषध खैरो हेरोइन सहित ३ जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १३ मियापाटन बस्ने वर्ष ३७ को बैतुल करिम मिया, पोखरा महानगरपालिका वडा नं. ३१ बस्ने वर्ष २६ को अस्मित ढुंगाना र जिल्ला बाँके स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १३ मियापाटन बस्ने वर्ष ३६ को अब्दुल कमाल रहेका छ्न ।

कास्की जिल्ला स्थित विभिन्न स्थानहरुमा लागू औषध ब्राउन सुगरको खरिद बिक्री भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १४ बिपिमार्गबाट अब्दुल कमालको साथबाट लागू औषध ब्राउन सुगर ५ ग्राम ९०० मलिग्राम, डिजिटल तराजु १ थान, मोबाईल ४ थान, पावर बैंक १ थान र नगद रु.२६ हजार प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका ३ जनालाइ सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन दश (१०) म्माद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्किका प्रमुख मोहन कुमार थापाले जानकारी दिनु भयो ।