दीपक श्रेष्ठ,

मानब बेचबिखन ब्युरोको टोलिले झुठो प्रलोभन दिएर बिदेश पुर्याइ बेचबिखन गरेको आरोपमा एकजना महिलालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला नुवाकोट किस्पाङ्ग गाउँपालिका वडा नं १ स्थायि ठेगाना भएका वर्ष ४३ कि मनमाया घले रहेका छन ।

जाहेरवाला परिवर्तित नाम २६ बबरमहललाई चिनिया नागरिकसँग विवाह गरेमा ग्रिनकार्ड बनाउन मिल्छ, ग्रिनकार्ड बनेपछि नेपाल आउन जान मिल्छ, भविष्य सुनौलो हुन्छ भन्ने प्रलोभनमा पारी चिनिया नागरीकसँग अदालतमा विवाह समेत गराईदिएको थियो ।

चीनमा पुर्याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्तिलाई पीडितको जाहेरीको आधारमा यस व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ जिल्ला काठमाडौ महानगरपालिका वडा नंम्बर २७ ठमेल एरियाबाट पक्राउ गरेको थियो । पिडितलाइ नेपालबाट चीनमा पुर्याई मनमाया आफु नेपाल फर्कीएको विवाह गरी चीनमा पुर्याई सके पश्चात चिनिया नागरीकले पिडितलाई यौन शोषण गरी बिभिन्न व्यक्तिहरुसँग जवरजस्ती वेश्यावृत्तिमा लगाएको पिडितले बताएको छ ।

पक्राउ परेका मनमाया घलेलाइ मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट ५ दिन को म्याद लिई आवश्यक अनुसन्धान भईरहेको मानब बेचबिखन ब्युरोका प्रमुख ओम बहादुर रानाले बताउनु भयो ।