दीपक श्रेष्ठ,

नेपाल तथा भारतको विभिन्न स्थानहरुमा हत्या, चोरी, डकैती लगायत अन्य अपराधिक कृयाकलापहरूमा संलग्न भएका एकजनालाइ पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हाल सखुवा प्रसौनी गाउँपालिका वडा नं ७ महुवन बलुवा बस्ने ७२ वर्ष को प्रेम गिरी रहेका छ्न । गिरिलाई लुकीछिपी बस्दै आएको अवस्थामा निजिकै घरबाट पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत ५२ वर्षको मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको आरोपमा ज्यान मुद्दामा परेका प्रेम गिरीलाई पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोद ढुङ्गेलले बताउनु भएको छ ।

४ जेठ २०५६ मा जिल्ला प्रशासन कार्यालय, पर्साले गरेको सार्वजनिक अपराधसम्बन्धी मुद्दामा समेत उनी फरार थिए । उनी २५ वर्ष देखि प्रहरीको खोजी सूचीमा थिए । गिरिमाथी अन्य धेरै मुद्धाहरु भएको पनि प्रमुख ढुङ्गेलले बताउनु भयो।

मैनालीको हत्यामा संलग्न रहेको आरोप मा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी बताएको छ।