दीपक श्रेष्ठ,

नागढु‌ङ्गा प्रहरीले लागुऔषध खैरो हेरोइन सहि एकजनालाइ पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका १२ बस्ने वर्ष ३२ को सचिन राना रहेका छ्न ।

जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका नागढु‌ङ्गा स्थित चेक प्वाइन्टमा महेन्द्रनगरदेखि काठमाण्डौतर्फ आउँदै गरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको ए-११ नं. सिटमा सवार सचिन रानालाई चेकजाँच गर्दा रानाले लगाएको सेतो रंगको पाइन्टको बाँया खल्ती भित्र प्लाष्टिकमा लागुऔषध खैरो हिरोईन बरामद गरेको हो ।

बरामद लागुऔषध तौल गर्दा ४८ ग्राम रहेको र उक्त लागुऔषध खैरो हिरोईन ज सहित निज सचिन रानालाई नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख वसन्त रजौरेले बताउनु भयो ।