दिपा थपलिया,

काठमाडौ - ललितपुर प्रहरीले रातको समयमा गाडी चोरी गर्नेलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला दोरम्वा गाउपालिका वडा नंम्बर ५ घर भई ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नंम्बर २ सानेपा वस्ने वर्ष २९ को गणेश वहादुर गौतम रहेका छन ।

रातको समयमा ललितपुर जिल्लाको बिभिन्न स्थानहरुमा पार्किङ गरी राखेको बा१५च ९८२५, बा१२च ४७०६ र बा ७ च ७७० नम्बरको  टाटा कम्पनीको पिकअप डिआई गाडीहरु श्रृखलावद्ध रुपमा चोरी गर्दै आएका थिए ।

घटना सम्वन्धमा अनुसन्धान तथा खोजतलास गर्ने क्रममा बा १५ च ९८२५ नम्बरको गाडी र बा१२च ४७०६ गाडीहरु नैकाप र सतुङ्गलमा वेवारिसे अवस्थामा दुवै गाडिहरुको ब्याट्रीहरु नभएको अवस्थमा बरामद गरिएको थियो । साथै बा ७ च ७७० नं. को पिकअप गाडी ईलाका प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानिखोला धादिङबाट नियन्त्रणमा लिइएको हो ।

गाडिहरु चोरी कार्यमा संलग्न लाई भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरी जिल्ला काभ्रे, भुम्लु गाँउपालिका १० दोलालघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रबक्ता नरेश राज सुबेदीले जानकारी दिनु भयो । पक्राउ परेकालाइ सम्मानित ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धि कसुरमा -५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।