दिपा थपलिया,
काठमाडौ- झापा प्रहरीले लागुऔषध खैरो हेरोइन सहित ४ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा झापा जिल्ला दमक नगरपालिका वडा नम्बर २ बस्ने बर्ष ४३ को नेत्र थापा, बर्ष २६ को भेष बहादुर भुजेल,बर्ष १९ को किरण थापा र बर्ष २६ को प्रकाश लिम्बु रहेका छन ।
झापा दमक नगरपालिका वडा नम्बर २ स्थित हिमालय माध्यमिक विद्यालय नजिक बाटोमा मानिसहरुले लागु औषध बिक्री बितरण गर्दै छन भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोली पुगि मानिसहरुलाइ नियन्त्रणमा लिएर तलासी लिदा उनिहरुले बोकेको झोलामा स-सानो प्लाष्टिकको ३० वटा पोकामा रहेको ब्राउन सुगर तौल गर्दा ५ ग्राम ५ सय १० मिलि ग्राम भएको झापा प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु माथी म्याद लिएर सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनु भयो ।


0 comment