
परीक्षा कोइराला,
२०८१ वैशाख २९ गते नेपाल हृदय निवारण प्रतिष्ठान ललितपुर शाखा र हार्ट क्लब, नेपालको संयुक्त आयोजनामा भेटघाट र अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रमका प्रमुख वक्ता डा । रंजित कुमार शर्माद्वारा “हार्ट फेलियर र पेस मेकर “ विषयक छलफल गरेका थिए । उनी हेड अफ डिपार्टमेन्ट अफ इन्टरभेन्सनल कार्डियोलोजी नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन् ।
कार्यक्रममा हृदय रोग निवारणको सभापति बालकृष्ण तुलाधरले सभापतित्व गरेका थिए । हार्ट क्लब नेपालका सभापति विपिन राईको उपस्थिति थियो । स्वागत मन्तव्यमा हार्ट क्लब नेपालका सल्लाहकार पूर्णमान चित्रकारले अन्तर्क्रिया कार्यक्रममा विगत जस्तो दिलचस्पी घटेको भन्दै क्लब आउन मन लाग्ने वातावारण बनाउनु पर्ने कुरामा सल्लाह दिए । मुटुरोग सम्बन्धि विशेषज्ञको सुचना र सल्लाहले मुटुरोगी र उनीहरुको परिवारलाई नै राम्रो गर्ने बताए ।
डा. रंजित कुमार शर्माले हार्ट फेलियर र पेस मेकरको सम्बन्धमा प्रकाश पर्दै मुटु खानपिन, मानसिक तनावका कारण दक्षिण एसियाली देशमा बढेको बताएका छन् । उनी भन्छन् – “मुटु एउटा मांसपेशी हो जसले शरीर भित्र रगत पुर्याउने काम गर्छ र २४ घन्टामा ७२०० लिटर रगत फल्छ।"
डा शर्माका अनुसार हार्ट फेलियर मुटु रियाक्स, डायसटोलिक वा मुटुले पम्प गर्न छाडेर, सिस्टोलिक हुने गर्छ । डाक्टर भन्छन् “सिस्टोलिक हार्ट फेलियरको लक्षणमा बिरामीलाई थकान हुन्छ किनकि मुटुले शरीरको हरेक अंगमा रगत पुर्याउछ । उनी भन्छन् साधारणतया एक पटक मुटु खुम्चने बेलामा ६० प्रतिशत रगत फल्छ । इको गरेर मुटु सुन्निएको छ कि छैन हेर्न सकिन्छ ।
डा भन्छन् “हार्ट फेलियर ब्लड प्रेसर , डाईबेटिज भएकालाई हुने सम्भावना धेरै हुन सक्छ । हृदयघात लक्षण बिना नै हुन सक्छ । लक्षण सहित हृदयघात फैलीएर पनि हुन सक्छ । छिन छिनमा पनि हार्ट फेलियर हुन सक्छ ।
हृदयघातमा १० प्रतिशत मर्न सक्छन् र ५० प्रतिशत बाच्छन् । हृदयघात पनि हार्ट फेलियर भएर हुन सक्छ । छिट्टै उपचार गरेमा मांसपेसी बचाउन सकिन्छ । हरेक रोगको अन्तिममा हार्ट फेलिएर हुन्छ भनेर डाक्टरले जानकारी प्रदान गरेका छन् ।
त्यस्तै डा शर्माले विभिन्न पेस मेकरको बारेमा जानकारी दिए । अन्तर्क्रियाको सम्बन्धमा स्रोताको जिज्ञासामा प्रि – म्याचुर ४० र ४५ वर्ष भित्र हृदयघात भएमा मात्र वंशाणुगत भनिन्छ । अर्को प्रश्नमा बृद्ध अवस्थामा मुटुको भल्भ लिकेज सामान्य हो । मान्छे बेहोस मुटु र ब्रेनको कारणले हुन्छ ।
हृदयघात हुदा कसैलाई विस्तारै विस्तारै नशामा कोलेस्टोरल जम्मा भएर हुन्छ भने कसैलाई एक्कसी लक्षण सहित हुने गर्छ भन्नेमा सतर्क गराए ।
चुरोट खाने, कोलेस्टोरलको विरामीमा मुटुको नशामा क्याल्सियम जम्मा हुन्छ र कडा बोसो बन्न सक्छ । त्यस्तै पेस मेकरलाई कसरी लामो समयसम्म प्रयोगमा ल्याउन सकिन्छ भन्ने प्रश्नमा डाक्टरको भनाई अहिले आधुनिक प्रविधिले गर्दा १० वर्ष जान्छ । त्यसमा पनि खानपिन , आहार विहार , र व्यक्ति व्यक्तिमा फरक पर्न सक्छ ।
हार्ट क्लबका, नेपालका अध्यक्ष विपिनले अन्त्यमा मुटुमा स्टेन्ट जोगाई राख्न मुटुरोगीले जीवनशैली परिवर्तन, खानपिन, व्यायाम गर्न अत्यन्तै आवश्यक छ भन्ने कुरामा जोड गरे ।


0 comment