दिपा थपलिया,
काठमाडौ- झापा प्रहरीले लागुऔषध खैरो हेरोइन सहित एकजनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालिका ४ घर भई हाल जिल्ला ईलाम माईनगरपालिका ४ दानाबारी बस्ने बर्ष ३१ को उमेश शेर्पा रहेका छन ।
झापा जिल्ला मेचिनगर नगरपालिका ६ पुरानो मेचिपुल स्थितमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले भारतको पानीट्याङ्कीबाट नेपाल तर्फ आउदै गरेको प्रदेश नं.१-०१-००२ ह ७९७ नम्बरको अटो टेम्पुलाई रोकी टेम्पु चालक माथि शंका लागि चेक जाँच गर्दा चालकको साथबाट ५ ग्राम १ सय ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद भएको हो।
प्रहरीले बरामद लागु औषध र अटो सहित निजलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान भैरहेको झापा जिल्ला प्रहरी कार्यालयकाका प्रबक्ता प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनु भयो ।


0 comment