काठमाडौं – एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।  प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।

एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदको हस्ताक्षरसहित कार्की प्रदेश प्रमुख समक्ष आफ्नो दाबी पेश गरेका थिए । 

‘संविधानको धारा १६८ ९५० बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि कुल प्रदेशसभा सदस्य सङ्ख्याको बहुमत सदस्यहरूको समर्थन हुन् पर्छ । सरकार गठन गर्ने सन्दर्भमा भएको आह्वान बमोजिम कोशी प्रदेश सरकार गठन गर्न बहुमत प्रदेश सभा सदस्यहरूको समर्थन गरेका हुन् । तोकिएको म्यादभित्रै झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ ९१० बाट निर्वाचित प्रदेशसभा सदस्य हिक्मतकुमार कार्की कोशी प्रदेश सरकारको नेतृत्वका लागि दाबी पेश गरेका छन् । 

नयाँ सरकार गठनका लागि शुक्रबारसम्मको समय दिएर आह्वान गरेका थिए । आजै प्रदेश प्रमुखको आह्वानविरुद्ध कांग्रेसका केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर समेत गरेका छन् ।