काठमाडौं । आज १ मे २०२४ श्रमिक दिवस । एक सय ५३ औं श्रमिक दिवसका अवसरमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्डले सम्पूर्ण श्रमिक वर्गको अधिकार रक्षाका लागि शुभ कामना दिएका छन । शुभकामना दिने क्रममा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बजेटमा रोजगारीलाई प्राथमिकतामा राखिने कुरा बताए । श्रमको सम्मानसहित सुखी नेपाली र समृद्ध नेपालको आधार निमार्ण गर्न सरकार गम्भीरताका साथ सरकार लागिपरेको कुरा पनि प्रधानमन्त्री दाहालले बताए । नेपालको संविधानले श्रमकको हकलाई मौलिक हकको रुपमा ग्यारेन्टी गरेको उल्लेख गर्दै श्रमिकलाई उचित ज्याला श्रम अभ्यासको हित आफ्नो अधिकार रक्षाका निम्ती टे«ड युनियन खोल्ने संगठित हुने अधिकार प्रत्याभूत भएको प्रधानमन्त्री दाहालले बताएका छन । प्रधानमन्त्री दाहालले श्रमजीवि वर्गको हकहित सुरक्षित नभएसम्म स्वाभिमान सामाजिक न्याय निकै परको विषय बन्ने पनि बताएका छन । वर्तमान संवैधानिक व्यवस्थामा भएका अधिकार कार्यान्वयनलाई व्यवहारमा उतार्ने हाम्रो महत्वपूर्ण कार्यभार हो भन्दै श्रमको हक र आन्तर्राष्ट्रिय श्रम संगठनको विधान तथा नेपालद्धारा अनुमोदित अभिसन्धिहरुप्रति सरकार संवेदनसिल र प्रतिवद्ध रहेको कुरा पनि प्रधानमन्त्री प्रचन्डले बताएका छन । सरकारले युवा पलायनको तिब्रतालाई कसरी रोक्न सकिन्छ ? स्वदेशमै युवा रोजगारका प्रचुर सम्भावनाहरु कसरी पहिचान गर्ने ? युवामैत्री सौलियत ऋण व्यवस्थापन कसरी गर्ने ? जस्ता विषयमा सरकारले गम्भीर भएर काम गरिरहेको त्यसैगरी युवाको ज्ञान सीप र उर्जा देश विकासमा लगाउनका लागि सरकार क्रियासिल भएर लागिपरेको कुरा पनि प्रधानमन्त्री प्रचन्डले बताएका छन । उनले स्वदेशमा रोजगारको पूर्ण व्यवस्था नहुन्जेल बैदेशिक रोजगारलाई सुरक्षित मर्यादित बनाउनुपर्ने पनि विषेश जोड दिएका छन । श्रमजिवि वर्गको एकता बलिदानबाट आठ घन्टा काम आठ घन्टा आराम आठ घन्टा मनोरन्जन लगायतका हक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्षको मे १ का दिन विश्व श्रमिक दिवस मनाइदै आइएको छ ।


0 comment