चैत्र ११, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले होलीको सेलीब्रेसन गरेका छन । काठमाडौं महानगरपालिका वडा नं. १ का स्थानीय तथा क्लवले आयोजना गरेको होली कार्यक्रममा मेयर शाहको सहभागिता रहेको हो ।
होली उत्सव कार्यक्रममा सहभागी भएका मेयर शाहले ¥याप पनि गाएका थिए । कार्यक्रममा सहभागीहरुको अनुरोधमा मेयर शाहले छोटो ¥याप गाएका थिए । कार्यक्रममा बोल्दै मेयर शाहले सबै होलीको शुभकामनासमेत दिएका थिए ।
होलीको रङजस्तै तपाइ हाम्रो जिवन रङगीन र उल्लासमय बनोस शुभकामनामा मेयर शाहले भने । ¥याप गाइसकेपछि मेयर शाहले तपाइहरु कतिबजेसम्म यहाँ बुस्नुहुन्छ भन्दै सहभागीलाई प्रश्न गरेका थिए । रातभर बसेपनि हुन्छ काठमाडौंमा रातभर होलस् मनाउन पाइन्छ मेयर शाहको भनाइ थियो ।
होली उत्सव कार्यक्रममा विभिन्न क्षेत्रका थुप्रै कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो । बालेन शाहले कार्यक्रमलाई उल्लासमय बनाउन होलीको सेलीब्रेसन गरेका स्रोतको भनाइ थियो ।


0 comment