चैत्र १०, काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनियमितता गर्ने भ्रष्ट्रचार गर्ने तस्करीमा संलग्न हुने कमिसनको खेलमा लाग्ने ठूला माछा साना माछा कोहीपनि उम्कीन नपाउने बताएका छन । काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री लामिछानेले सो कुरा बताएका हुन । सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा हाजिरी जमानीमा छुटेपछि ठूला माछा उम्कीएको भन्दै जनस्तरबाट विभिन्न आसंकाहरु उब्जीएका थिए । कृष्ण बहादुर महरा अत्यान्त विरामी भएका र कहिले काही मानवीय समवेदना र करुणाको कुरालाई पनि विर्सन हुदैन भन्दै हाजिरी जमानीमा महरालाई छोडिएको मन्त्री लामिछानेको भनाइ थियो । सम्मानित अदालतले पनि महरा विरामी भएको कुरालाई इंकित गरेको हुनाले यस विषयलाई अतिरञ्जित गर्न आवश्यक नभएको कुरा लामिछानेले बताए । आफू काम गर्नका लागि गृहमन्त्री भएको र काम गरेर देखाउने भन्दै एउटा चिर्केटो उजुरी प्रहरीमा दिएको भरमा आफूले राजिनामा नै दिइ हाल्नु नपर्ने उनको जिकिर थियो । झण्डा हल्लाउदै अक्तियारमा बयान दिन गएको कुरा पनि हामीले देखेकै हो । यसकारण कुरा भन्दा पनि काममा विश्वास गर्ने हामी नकरात्मक टिपणीको पछि नलाग्न सबैलाई आग्रह गर्दछु उनले भने । अनियमितता गर्ने तस्करी गर्ने मुलुक जनताको हित विपरितका कुनैपनि गतिविधिलाई हामीले रमिते भएर हेरिरहन सकिन्न त्यसैले हामीले आफ्नो तवरबाट कानुनसम्बत दृष्टिबाट काम गरिरहेका छौ र यसबाट विचलित पनि हुन्नौ । हामीमाथीको भरोसालाई मर्न पनि दिन्नौ भन्ने कुरालाई मन्त्री लामिछानेले जोडबल रुपमा बताएका थिए । रास्वपाका मन्त्रीहरुले राजिनामा खल्तीमा बोकेर ब्यागमा बोकेर हिडेका छन काम गर्ने वातावरण नभएको अवस्थामा एकमिनेट पनि पदमा बस्दैनौ उनले भने । (एजेन्सी)