चैत्र ६ काठमाडौं
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो गठबन्धनले ४ वर्ष नै काम गर्छ भन्ने कुरा गरेका छन । संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसले संसद अवरुद्ध पारेकामा उनले ठाडो उजुरीलाई इसु बनाएर संसद अवरुद्ध गर्नु कुन नैतिकता हो भनेका छन । कांग्रेस कुनै दुधले नुहाएको पार्टी हो र ? भन्ने उनको प्रश्न थियो । कांग्रेसले ४ वर्ष नै संसद अवरुद्ध गरिरहोस मन्त्री रविले भने । 

ठाडो उजुरीका आधारमा संसद अवरुद्ध गर्ने अडान कायमै राख्न रविले काँग्रेसलाई चुनौति दिए । भ्रष्ट्रचारले मुलुक चुर्लुम्म भएको छ । अनियमितता सबैतिर छ यसलाई सबै मिलेर सफा गर्नु छ । 

भ्रष्ट्रचार अन्त्य गर्ने भन्ने अनि आफू चिटिक्क परेर अनियमितता गर्ने अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने, काँग्रेसले कुन नैतिकताको कुरा गरेको हो मैले मेलो नै पाइन मन्त्री रविले भने । 
पुरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास कांग्रेसले सिकाइरहेको रविको जिकिर थियो । ठाडो उजुरीका भरमा संसद अवरुद्ध गर्ने कार्यप्रति मन्त्री रविले आपत्तिसमेत जनाएका छन ।