चैत्र ४ काठमाडौं । 

तारेभीर जंगलमा किशोरीको हत्या गरी शव गाडेका सोही ठाउका रुपेन्द्र लामाले आफूले सुस्मालाई पहिलादेखि नै मन पराउने गरेको तर उनले मतलव नगरेपछि बाटो ढुकेर मारेको प्रहरीलाई बताए । गोकर्णेश्वर नगरपालिका वडा ३ स्थित तारेभीरमा १८ वर्षीय सुस्मा लामालाई हत्यागरी शव गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । माघ २२ गते कलेज गएकी सुस्मा कहिलै फर्किनन । बूढानीलकण्ठस्थित बूढानीलकण्ठ माविमा कक्षा १२ अध्ययन गर्थिन । 
बाटो ढुकेर सुस्मालाई मारेपछि उनको किताव र मोवाइल आफैले लगी भोली पल्ट उनकै फेसबुक आइडीबाट बेहुला र बेहुलीको पोष्ट इडिट गरी सरी सबैलाई म तीन दिनमा आउछु भन्ने सन्देशसहित २१ वर्षीय छिमेकी रुपेन्द्र लामाले पोष्ट गरेका थिए । सुस्मा सम्पर्कविहिन भएपछि परिवारले प्रहरीमा खोजीका लागि उजुरी गरेको थियो । उजुरी परेपछि प्रहरीले सुक्ष्मरुपमा सुस्माको खोजी गरिराखेको थियो । फागुन २४ गते घाँस काट्न गएकाहरुले शव गाडिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव निकाली अनुसन्धान गर्दा सुस्माको शव पुष्टि भयो तर प्रहरीले हत्यारा पत्ता लगाएको थिएन । सुस्मालाई मारेपछि मृतकको घर छेउबाट रुपेन्द आवतजावत गरिरहन्थे कुकुर डुलाइरहन्थे मृतकका दाजु राजेश लामाको भनाइ छ । 
नजिकबाट घटनाको अध्ययन गरिरहेको प्रहरीले अन्तत रुपेन्द्रलाई नियन्त्रणमा लियो । सुस्माले प्रेम प्रस्ताव अस्वीकार गरेपछि हत्या गरेको प्रहरीको निष्कर्षमा देखियो । अनुसन्धानमा संलग्न डिएसपी अनिल घिमिरेका अनुसार हत्या गरेको दिन पनि प्रेम प्रस्ताव राखेको तर सुस्माले हुँदैन भनेपछि घाँटी थिचेर हत्या गरी करिब ४५ मिनेटमा शव व्यवस्थापन गरेका हुन । हत्यारा रुपेन्द्रलाई सार्वजनिक गर्दै प्रहरीको आखाबाट कुनैपनि अपराधी उम्कीन नसक्ने कुरा प्रहरीले बताएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको कुरा पनि स्रोतले बताएको छ । हत्यारा रुपेन्द्र सुस्माका छिमेकी हुन ।