शम्सेर क्षेत्री,
सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका १ ठोकर्पा अवस्थित बाघ भैरव माध्यमिक विद्यालयका विद्यार्थीहरुले च्याउ उत्पादन गरेका छन् । विद्यालयको स्थानिय पाठ्यक्रम अन्तर्गत जिवनउपयोगी सीपमा आधारित अतिरिक्त कृयाकलाप अन्तर्गत विद्यार्थीहरुले कृषिमा जोडदिएका हुन् । कक्षा ६, ७, ८ का विद्यार्थीहरुले विद्यालयमै प्रयोगात्मक रुपमा पराले च्याउ र सिताके च्याउ उत्पादन गरि वितरण गरिएको थियो ।
शिक्षाप्रेमि कृष्णप्रसाद पराजुलीबाट प्राविधिक सहयोगमा स्थानिय वन समुहबाट काठको मुढा ल्याई सिताके च्याउ बनाइएको थियो भने पराले च्याउको लागि पराल विद्यार्थीले नै संकलन गरेका थिए । च्याउ उत्पादनको लागि विउ र प्लास्टिक Libird संस्थाले उपलब्ध गराई दिएको विद्यालयकै शिक्षकले जानकारी दिनुभयो ।


0 comment