शम्सेर क्षेत्री,

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक चौतारा सागाचोक गढी नगर पालिका ९ तालकोट रानीपोखरी सामुदायिक वन  बेशि गाउँमा बारिमा घुसौटा पोल्ने क्रममा वनमा डडेलो लगाएको छन् । विशाल नेपाल डटकम टिमका सम्शेर क्षेत्रीले डडेलो लागेको देखेपछि सिन्धुपाल्चोक बनदेउमा कल गरे ssp sap ले सहि साव नेतृत्वमा डडेलो निभाउन टोलि पठाउनु भयो । समशेर र ssp  टिम मिलेर डडेलो नियन्त्रण लेरायौ तर स्थानीय एक जना पनि उपस्थित भएनन् ।

‘हरियो वन नेपालको धन’ भन्ने भनाई अब केवल भनाईमा मात्रै रहने जोखिम बढ्दै गएको छ । नेपालका वनजंगलहरु मासिने क्रम रोकिएको छैन । वनजंगल बढाउनकै लागि स्थानीय नागरिकलाई जिम्मेवार बनाउन सामुदायिक वनको अवधारणा ल्याइएको हो ।

वन विनास रोक्न स्थानीयवासी नै सक्षम रहेका देशका विभिन्न सामुदायिक वनहरुमा बढेका घना बृक्षहरुले पुस्टि गरिरहेका छन् । वनजंगल मानिसका लागि मात्र होइन वन्यजन्तुहरुका लागि पनि त्यत्तिकै महत्वपूर्ण छ । साथै घरपालुवा जनवारहरु पनि वनजंगलकै घाँस र बुट्यानमा आश्रित छन् । बनले सवै प्राणीहरुलाई बाँच्न आवश्यक पर्ने अक्सिजन प्रवाह गर्दछ । त्यसैले वनजंगललाई प्राणीहरुको लाइफलाइन समेत भन्ने गरिन्छ ।

गर्मीको मौसम सुरु हुनासाथ वन डढेलोको समस्या देखिन थालेको छ । वनमा डढेलो लागेपछि साना बोटविरुवाहरु डढेर नस्ट हुन्छनु । वनभित्र ढलेका, सुकेका बृक्षहरु पनि खरानी हुन्छन् । जंगली जनावारहरुको र चराहरुको वासस्थान पनि हराउँछ । यसका साथै बन डढेलोले वायु प्रदुषण बढाउँछ । कार्वनडाईअक्साईड, अत्याधिक मात्रामा फैलिन्छ र प्राणीहरुलाई स्वास लिन गाह्रो पर्छ यस्तो अवस्थामा प्राणीको मृत्यु समेत हुनपुग्छ ।