काठमाडौं
तेस्रो पटक विश्वासको मत पाएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्ने क्रममा आफ्नो जिम्मेवारी अझ बढेको बताएका छन । 
सत्ता समिकरणमा फेरबदल गरेका प्रधानमन्त्री दाहालले आज संसदमा विश्वासको मत पाएका हुन । 

संसदमा जम्मा २ सय ७५ सदस्य मध्ये २ सय ६८ जनाले मतदान गरेका थिए जसमा पक्षमा १ सय ५७ मत खस्यो भने विपक्षमा १ सय १० जना सांसद देखिए भने १ जना तटस्थ बसे । 

संसदमा बहुतम देखाउन १ सय ३८ मत आवश्यक थियो तर प्रधानमन्त्रीले १ सय ६८ मत पाएका हुन । प्रधानमन्त्री दाहालले भने मैले राम्रा काम गर्नका लागि अझ गति तिब्र पार्नुपर्छ । 

उनले भने मेरो काँधमा जिम्मेवारी थपिएको छ म सदनप्रति आभारी छु म लोकतान्त्रिक दंगमा अझ सजिव भए भन्ने कुरा पनि प्रधानमन्त्री दाहालले बताए ।