काठमाडौं ।
नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन । पदभार ग्रहण गर्दै अध्यक्ष दाहालले सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताकासाथ लिएर अगाडी बढने कुरा बताए । राष्ट्रिय सभालाई देशको गरिमामय संस्थाको रुपमा चिनाउने पहिलो प्रयत्न हुने दाहालको भनाइ थियो ।
नेकपा माओवादी केन्द्रका नेता दाहाल सत्तासिन गठबन्धनका तर्फबाट उम्मेदवार थिए । राष्ट्रिय सभा सदस्य जम्मा ५६ मतमा ३९ मत दाहालको पक्षमा र १७ मत विपक्षमा परेको थियो । गठबन्धनका सबै सदस्यले दाहालको पक्षमा मत दिएका थिए ।
६ वर्ष कार्यकाल पूरा गरी २० फागुनमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सनाको समयावधि सकिएसँगै राष्ट्रिय सभा अध्यक्ष पद खाली थियो । नव निर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहाल प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका नाताले भाइ पर्छन ।


0 comment