काठमाडौं 

राष्ट्रवादी चलचित्र काँडेतारलाई प्राइम टाइम सो नदिएको भएर फिल्म निर्माता सामना फिल्म प्रा लि ले हलबाट निकालेको छ । राष्ट्रवादी चलचित्र काँडेतारले देशको माटो सार्वभौमिकतालाई जोगाउने मुद्धाहरु प्रखर रुपमा उठाएको छ । फिल्म काँडेतार सेन्सर बोर्डदेखि नै रोकिने प्रयास नभएको पनि होइनन तर विभिन्न कठिनाइहरु झेल्दै प्रदर्शन गराउन सफल भएको थियो ।

फिल्म फागुन २५ गतेदेखि देशैभरीका हलहरुमा चल्दैथियो तर हिन्दी फिल्म अंग्रेजी फिल्मलाई ८०÷९० वटा सो दिएको प्राइम टाइम सो दिएको तर काँडेतारलाई बल्ल २० वटा सो त्यही पनि प्राइम टाइमभन्दा बाहिरको समयमा ।

काँडेतार फिल्मलाई यसरी हतोत्साहित गर्ने दुष्प्रयासहरु निरन्तर भएपछि फिल्म निर्माताले हलबाट फिल्म निकालेका छन । फिल्मलाई अवमुल्यन गरी राष्ट्रवादमाथी नै प्रहार गर्ने प्रयास भइरहेको प्रति विशाल नेपाल महाअभियानको ध्यानाकर्षण भएको जनाइएको छ । महाअभियानले प्रेस विज्ञप्ती जारी गर्दै उक्त दुष्प्रयासको घोर भत्र्सना गरेको छ । राष्ट्रवादलाई निस्तेज पार्ने खेल भइरहेकोप्रति लक्षित गर्दै राष्ट्रवादमाथी दुराग्रह गर्ने जो कोही भएपनि तिनी भारती गुप्तचर रअका एजेन्ट भएको दावी अभियानले गरेको छ ।

राष्ट्रवादमाथी यस किसिमका हर्कतहरु बढिरहे भने सिंगो विशाल नेपाल महाअभियानले आन्दोलनको आँदीवेहरी ल्याउने चेतावनीसमेत दिएको छ ।