नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी कैन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच सरकारी निवास वालुवाटामा भेटवार्ता भएको छ । भेटको क्रममा प्रधानमन्त्री दाहालले संसदबाट लिने विश्वासको मत र राष्ट्रिय सभा अध्यक्षको बारेमा कुराकानी भएको बताइएको छ । भेटको क्रममा सरकारका तर्फबाट प्रस्तुत हुने न्युनतम साझा कार्यक्रमको बारेमा पनि नेता दयबीच कुराकानी भएको बताइएको छ । 

गठबन्धनका तर्फबाट प्रधानमन्त्री दाहालका भाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार छन भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिई सकेको छ । प्रधानमन्त्री दाहालले यही फागनु ३० गते संसदबाट विश्वासको मत लिन प्रधानमन्त्री सचिवालयबाट संसद सचिवालयमा पत्र पठाइसकेका छन भने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबाट गर्ने निर्वाचन आयोगले तालिका सार्वजनिक गरिसकेको छ । अहिलेको परिवेसमा सत्ता गठबन्धनमा १५३ मत र विपक्षमा ११९ मत संसदमा देखिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समिकरण फेरबदल गरेपछि नयाँ सिराबाट नेपाली राजनीति अगाडी बढिरहेको छ । यस गठबन्धनलाई बाम एकता पनि भन्ने गरिएको छ । सत्ता गठबन्धनद्धारा निर्मित राजनैतिक संयन्त्रको सुझावका आधारमा सरकारका कार्यक्रमहरु अगाडी बढ्ने कुरा स्रोतले बताएको छ ।